माओवादी अध्यक्ष प्रचण्ड दुई दिन पूर्वमै व्यस्त रहने
विराटनगर । पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई दिनसम्म पूर्वी नेपाल झापा, मोरङ र सुनसरीमा व्यस्त हुने भएका छन् ।
प्रचण्ड अहिले विराटनगर विमानस्थलमा अवतरण गरेका छन् । विमानस्थलबाट उनी सिधै विराटनगरको सिमानामा पर्ने कटहरीमा जारी कृषि एक्स्पोको अवलोकनमा जानेछन् । मेलाको अनुगमन पछि उनी बुढीगंगास्थित पूर्व मन्त्री तथा माओवादीका सांसद अमनलाल मोदीको घरमा खाना खाने कार्यक्रम छ । त्यसपछि उनले ग्रामथानको नेताचोकमा आयोजित पार्टी प्रवेश तथा जनसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि अध्यक्ष प्रचण्ड सुनसरीको इटहरीमा आजै हुने युवाहरूको जिल्ला प्रशिक्षणका लागि जानेछन् । त्यहाँको सम्बोधन पछि उनी बेलुका झापा पुग्ने माओवादी स्रोतले जनाएको छ । त्यस क्रममा कतिपय स्थानमा प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्धको अभियान चलाएको भन्दै त्यसको ऐक्यबद्धताका लागि युवाहरूले पुष्पगुच्छा दिने कार्यक्रम पनि रहेको माओवादी कोशी प्रदेशले जनाएको छ । प्रचण्ड आज झापामै बस्ने र भोलि झापाको बिर्तामोडमा आयोजित पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण