वैदेशिक रोजगारको सपना देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
बिहीबार, ०३ असोज २०८१, १६ : १७
काठमाडौँ । वैदेशिक रोजगारीका लागी विभिन्न मुलुकमा पठाउँछौँ भनेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएर काठमाडौँ बस्ने २८ वर्षीय राजन अर्याल र झापा घर भएर भक्तपुर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी छन् ।
दुबई र अल्वानियामा पठाउँछु भनेर अर्यालले ३ लाख रुपैयाँ ठगी गरेका हुन् । राजवंशीले ५ लाख ५० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागको कार्यालय ताहाचलमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधसँग केरा खाँदा शरीरमा के हुन्छ ?
-
मोरङ सिजुवाका उद्धव पाठकबाट मात्रै ठगिए सयौँ युवा, २६८ जनाले दिए निवेदन
-
एयर फ्रायरमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण