देश नबन्नुमा व्यक्तिवाद र भ्रष्टाचारी प्रवृत्ति : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक अस्थिरताका कारण नभई व्यक्तिवाद र भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा भएको सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बहुमत र दुई तिहाइ मत जनताले दिए पनि स्थिर सरकार बन्न नसकेको उदाहरण दिँदै कुशासन र व्यक्तिवादका कारण समस्या भइरहेको बताए ।
‘राजनीतिक अस्थिरता मूल कारक होइन । भ्रष्टाचार, कुशासन र व्यक्तिवाद नै नेपालको राजनीतिको र शासन सञ्चालनको मुलकारण बनेको छ’, अध्यक्ष नेपालले भने, ‘जबसम्म भ्रष्टाचार र व्यक्तिवाद समाप्त हुँदैन तबसम्म कुराले केही हुनेवाला छैन ।’
उनले नेताहरूमा देश बनाउने हुटहुटी चाहिने भन्दै त्यो हुँटहुँटी नभएमा हावादारी योजनाले मात्र केही प्रगति नहुने बताए । उनले सत्तामा जाने र जिम्मेवारी नलिने प्रवृत्ति राजनीतिक पार्टीका नेता कार्यकर्तामा रहेको भन्दै नेता कार्यकर्ताहरू पैसा कमाउन र भ्रष्टाचार गर्न नभई जनताको सेवामा समर्पित हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण