मादक पदार्थ खुवाएर १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
उत्तरप्रदेश। भारतमा एक दलित नाबालिकालाई मादक पदार्थ खुवाएर तीन जनाले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । घटनाका आरोपितहरू भने फरार छन् । उनीहरूले बालिकालाई कारमा लिएर सामूहिक बलात्कार गरी सडक छेउमा फालिदिएको मथुरा जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाका बाबुको उजुरीका आधारमा आरोपितविरुद्ध किटानी जाहेरी दर्ता गरिएको र तीनै जनालाई पक्राउ गर्ने प्रयास भइरहेको छ । १३ वर्षीया बालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला महिला अस्पताल पठाइएको र त्यसपछि म्याजिस्ट्रेटसमक्ष बयान लिइने प्रहरी उपरीक्षक (ग्रामीण) त्रिगुण बिसेनले जानकारी दिए ।
बालिकाका बुबाले दिएको उजुरीलाई उद्धृत गर्दै एसपीले बिसेनले भने कि बिहीबार नाबालिग बालिका आफ्नो छिमेकको पसलमा बिहानको खाजा किन्न गएका बेला घटना भएको हो । पसलमा नीरज नामका एक व्यक्तिले उनलाई पानीको बोत्तल दिएका थिए, जसमा सेडेटिभ मिसाइएको थियो । पानी पिउने बित्तिकै बेहोस उनलाई युवाहरूले कारमा लगेका थिए ।
नीरज, उनका साथी शैलेन्द्र र अर्का एक साथीले उनलाई कारमा लगेर लगेको उजुरीमा उल्लेख छ । अर्धचेत अवस्थामा रहेको गुडिरहेको कारमा बालिकालाई बलात्कार गरी भाग्नुअघि बरसाना रोडको फ्लाईओभरमुनि फालिदिएका थिए । होश आएपछि बालिकाले घर पुगेर घटनाबारे अभिभावकलाई जानकारी गराएको उजुरीमा उल्लेख छ ।
एसपीका अनुसार पीडित बालिकाको अवस्था बिग्रिएपछि परिवारले तुरुन्तै डाक्टर कहाँ लगेर बलात्कार भएको पुष्टि गरे । त्यसपछि उनका आमाबुवाले छटा प्रहरी चौकीमा उजुरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण