फिल्म ‘एक्लो’ को सेटमा बाढीले क्षति
काठमाडौँ । फिल्म ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहूर्त गर्दै छायाङ्कनका लागि मुस्ताङ पुगेको थियो ।
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार पारेको थियो । बाढीले निर्माण गरेको सम्पूर्ण सेटमा क्षति पर्याएको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले जानकारी दिए । उनले बाढीले सेट बगाउँदा ठुलो आर्थिक घाटा भएको बताए ।

प्रदीप शाहीको निर्देशन रहेको फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन छ । हलिउड कलाकार जेमी बेकम, प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनिल थापा, दिया पुन, दिनेश डीसी, सुरजसिंह ठकुरी, एभनराज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बालकलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिङ लगायतको फिल्ममा अभिनय रहनेछ ।
‘एक्लो’ का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगीता वादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् । राजु तामाङको द्वन्द्व फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण