प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
सारांश
- नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ ।
- त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
- सीमा विवादको विषयमा दिएको अभिव्यक्तिको विरोधमा विद्यार्थीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।
काठमाडौँ । सङ्घीय संसद्मा सीमा विवादको विषयलाई लिएर दिएको अभिव्यक्तिको कडा विरोध गर्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ ।
राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
_w6OEEv944X.jpg)
देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिको निन्दा गर्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।
_KQEwcIM81V.jpg)
त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शनमा विद्यार्थीहरूले सरकार र प्रधानमन्त्रीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सीमा जस्तो गम्भीर राष्ट्रिय मुद्दामा सरकार प्रमुखबाटै आएको यस्तो हल्का भनाइले आम नेपाली नागरिकको भावनामा चोट पुगेको प्रदर्शनकारी विद्यार्थीहरूको दाबी छ ।
_sX0sHHepY0.jpg)
_jAPB7nPyix.jpg)
_i8HfQkB38x.jpg)
_2IVahCi9C0.jpg)
_AOzVgdEyxa.jpg)
_gUtNw1LHek.jpg)
_5CsniZfUYk.jpg)
_INBJjNWKyT.jpg)
_Cw78gPrR0V.jpg)
_u06SSfmxUO.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण