काठमाडौँ उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्यो, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रबार आएको बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो ।
विभागका अनुसार बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ । विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाले पनि शुक्रबार सूचना जारी गर्दै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।
बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म रहने मौसमविद्हरूले बताएका छन् । शुक्रबार देशको मध्य र पूर्वी तराईमा अति भारी वर्षा मापन भएको छ । लगातार पानी पर्दा कोशीका झापा, मोरङलगायतका केही स्थान डुबानमा समेत पर्न थालेका छन् ।
शुक्रबार चन्द्रगढी विमानस्थलमा २९७.४, अनारमनीमा २३४.८, इलामको कन्काइमा २६८.४, झापाकोक न्यामा १९२.४, झापाको अर्जुनधारामा १५६, इलामको बरफल्याङमा १५३.४, झापाको गौरादहमा २३९.२ मिलिमिटर वर्षा भएको छ । मोरङ विराटनगर विमानस्थलमा १९४ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै उदयपुरको सुन्दरपुरमा १५३.६, सप्तरीको रुपनी बजारमा १४४ मिलिमिटर वर्षा भएको छ भने पाल्पाको अर्चलेमा १५७.२, पाल्पाकै जाल्पामा १५८.६, नवलपरासीको देउरालीमा १४२.६ मिलिमिटर वर्षा भएको छ ।
वर्षाका कारण काठमाडौँ छिर्ने मुग्लिन तथा टिस्टुङ पालुङ सडक अवरूद्ध भएको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण