गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि विराटनगर आईसीपी क्षेत्रमा तनाव
विराटनगर । मालबाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि विराटनगर – १८ आइसीपी रोडमा तनाव सिर्जना भएको छ । सवारी चलाउने चालकलाई कारवाही र परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै मृतकका आफन्तले आन्दोलन सुरु गरेका हुन् ।
उनीहरुले सवारी साधन आवतजावतमा अवरोध गरेका छन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेका छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रु ग्यास प्रहार गरेको मोरङ प्रहरीका डीएसपी बेद जोशीले बताए ।
आन्दोलनको भिड आइसिपी क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको उनले बताए । बिहीबार बेलुका ६ः४५ बजे आइसीपी जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेका साइकलयात्री विराटनगर १८ लवाघाटका ६० वर्षीय श्याम साहलाई ठक्कर दिएर घाईते बनाएको थियो ।
घाइते उनलाई उपचारको लागि बिराट नर्सिङ होम पठाइए पनि चिकित्सकले चेक जाँच गर्ने क्रममा बेलुका साढे सातमा उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका ५ का ३० वर्षीय दिपक यादवलाई नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
-
मेक्सिकोबाट इरानी टिमको भावुक बिदाइ
-
नेपाल राष्ट्र बैंकको ‘नसिहत’ पाएका बैंकका सञ्चालक र सीईओ अयोग्य हुने
-
इन्धनको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण