मधेस सरकार प्रमुख सचिवविहीन
जनकपुर । मधेस प्रदेश सरकार लामो समयदेखि प्रमुख सचिवविहीन भएको छ । प्रदेशमा प्रमुख सचिव अनुपस्थित हुँदा सरकारको कामकाज प्रभावित भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार प्रमुख सचिव लोकनाथ पौडेल झण्डै डेढ महिनादेखि कार्यालय बाहिर छन् ।
करिब ७÷८ दिनको तालिमका लागि २७ भदौमा बिदामा गएदेखि प्रमुख सचिव पौडेल अहिलेसम्म अनुपस्थित नभएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।
प्रमुख सचिव पौडेलले अख्तियारी दिएर नजाँदा प्रदेश सरकारको कामकाज ठप्प हुनुको साथै सेवाग्राहीलाई समेत मर्का परिरहेको गुनासो छ ।
प्रदेश सांसद श्याम पटेलले भने, ‘प्रमुख सचिवज्यू नहुँदा धेरै काम प्रभावित भएको छ, कुनै पनि सरकारी काम गराउन जाँदा उहाँ नभएपछि त्यो काम हुन सकिरहेको छैन । जसकारण जनताका धेरै कामहरू प्रक्रियामा छन्, कतिपय ठाउँमा हामीले गालीसमेत खानु परिरहेको छ । तैपनि प्रमुख सचिवज्यूको अत्तोपत्तो छैन ।’ उनले प्रदेशमा नबस्ने भए ठाउँ कब्जा नगर्न आग्रह गरे ।
नाम नराख्ने सर्तमा एक सेवाग्राहीले भने, ‘मेरो सरुवाको पत्र तयार पार्नु छ, तर प्रमुख सचिवज्यू नभइदिएर मलाई समस्या भइरहेको छ । किनकि, त्यो पत्र बनाउने अख्तियारी निमित्तज्यूलाई छैन, जसको कारण मेरो काम रोकिएको छ ।’
प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रमुख सचिव एक साताका लागि बाहिर गएको स्वीकारे गरे । तर अहिलेसम्म कार्यालयमा नआएको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
-
आज ७५ औँ मदन भण्डारी जयन्ती
-
इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)
-
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण