१६ वर्षीया किशोरीसँग विवाह गर्दै गरेको अवस्थामा सुनसरीबाट ३ चिनियाँसहित ८ जना पक्राउ
काठमाडौँ । सुनसरीको बराहक्षेत्रबाट १६ वर्षीया किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । ३ जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरिएको सुनसरीका एसपी सुमन तिम्सिनाले रातोपाटीलाई बताए ।
धनकुटाको छ थर जोरपाटी–२ घर भएकी १६ वर्षीया बालिकासँग आरोपीहरूले चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेलका ३३ वर्षीय लि टेङसँग विवाह गराउँदै थिए । पक्राउ पर्नेमा किशोरीका बुवा, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर घर भएका दीपक दर्जी, बद्रीविक्रम राई, स्याङ्जा घर भएका शीतल गुरुङ, काभ्रे घर भएकी रोशनीमाया तामाङ, चिनियाँ नागरिक डोङ शिहाओ र वु हेजी छन् ।
कानुनअनुसार २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्न र गराउन पाउने व्यवस्था छ । किशोरीलाई प्रलोभनमा पारेर चिनियाँसँग विवाह गराउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण