इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुरका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् । एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने, गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।
झापा मेचीनगर नगरपालिका–११ धाईजन बस्ने ४८ वर्षीय शर्मिला तामाङको हत्यामा संलग्न रही वारदात पश्चात् फरार रहेका शर्मिलाको श्रीमान् गजेन्द्र वान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटी आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
-
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण