सय दिनमा निकै राम्रा काम भएका छन् : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् । कांग्रेस भक्तपुरले शनिवार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका हुन् ।
सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनले बताए । त्यस्तै सभापति देउवाले एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राखे । अहिलेको सरकारलाई पुरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।
त्यस्तै देउवाले कुनै पनि क्षेत्र समस्या विहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरू पनि समाधान गर्न लाग्नुपर्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण