देउवा धनगढी आउने भएपछि स्वागतको लागि वडादेखि महासमिति सदस्यसम्मलाई उपस्थितिको उर्दी
आइतबार, २५ कात्तिक २०८१, १० : ३४

धनगढी । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश आउने भएपछि उनको स्वागतको लागि पार्टी कमिटी सदस्यहरुलाई उर्दी नै जारी गरिएको छ । सभापति देउवा गृह जिल्ला डडेलधुरामा हुने कार्यक्रमका लागि आज बिहान १०ः४५ बजे काठमाडौँबाट धनगढी आउने कार्यक्रम छ ।
उनको स्वागतको लागि कैलाली कांग्रेस र प्रदेश समितिले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति, पालिका कार्य समिति, वडा कार्यसमिति तथा भातृ एवं शुभेच्छुक संघसस्थाका सम्पूर्ण कार्य समिति तथा नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई बिहान १०ः४५ बजे उनको स्वागतार्थ धनगढी विमान स्थलमा उपस्थित हुन निर्देशनात्मक पत्राचार गरेको हो ।
कांग्रेस कैलाली सचिव नृप सुनारले सभापति देउवाको एक हप्तासम्म डडेलधुरामा रहने कार्यक्रम रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो
-
हेडलाइनमा आउन आफ्नो नाम प्रयोग गरेको भन्दै अभिनेत्री मावरा आक्रोशित
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘खैजेडीको घेरो’
-
सुरक्षित हुन्छ त पिउने सनस्क्रिन ?
-
एकदिवसीय करियरबाट संन्यास लिनेबारे रोहितले के भने ?