रविको बहस सकियो, केहीबेरमा आदेश आउँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बहस सकिएको छ । आइतबार कास्की अदालतमा बहस सकिएसँगै केहीबेरमा आदेश आउने भएको छ ।
अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि लामिछानेलाई आइतबार पुनः म्याद थपको लागि अदालत लगिएको थियो ।
कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा रविको पक्षबाट ३ जना, सरकारी वकिल ३ जना र पीडित पक्षका २ जना वकिले बहस गरेका थिए । आइतबारको बहसमा न्यायाधीशले पनि धेरै पटक प्रश्न गरेका थिए ।
रवि पक्षका वकिलहरूले थुनिराख्नुपर्ने आधार प्रमाण नभएकोले छोड्नुपर्ने माग गरे भने सरकारी वकिलहरूले थप अनुसन्धान आवश्यक पर्ने भएकोले म्याद चाहिने बताए ।
रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको थियो । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पपुलिस्ट बजेटले खलबल्याएको अर्थतन्त्र : बजार सम्हाल्न अब चाहिन्छ बलियो मौद्रिक नीति
-
भक्तपुरबाट कालीमाटी आएको रायोको सागमा उच्च विषादी, नष्ट गर्न निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण