‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
मङ्गलबार, १६ असार २०८३, १० : ३१
सारांश
- गायक तथा सङ्गीतकार सहन प्रधानले ‘असारे पानी साउने झरी’ बोलको नयाँ असारे गीत सार्वजनिक गरेका छन् ।
- गीतमा रामचन्द्र काफ्लेको स्वर छ र यसमा नेपाली मौलिक पारम्परिक बाजाहरू प्रयोग गरिएको छ ।
- सन्दीप लोहनी र बिना राउत अभिनित म्युजिक भिडियोको निर्देशन शुभम भुजेलले गरेका हुन् ।
काठमाडौँ । गायक तथा सङ्गीतकार सहन प्रधानले असारे गीत सार्वजनिक गरेका छन् । रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा नेपाली मौलिक पारम्परिक बाजाहरू पञ्चेबाजा, नर्सिङगा, धिमे, भुस्या, सारङ्गी आदि प्रयोग गरिएको छ ।
गीतको सङ्गीत संयोजन विशाल गुरुङले गरेका हुन् । हिलोसँगको हाम्रो माया, खेतको हरियाली र किसानको अथक परिश्रममा समर्पित गीतको म्युजिक भिडियोमा सन्दीप लोहनी, बिना राउत लगायतका कलाकारको अभिनय छ । भिडियोको निर्देशन शुभम भुजेलले गरेका हुन् ।
भिडियोमा कोरियोग्राफी पुनम श्रेष्ठ, छायाङ्कन देव दोर्जे लामा र सम्पादन सुभाष भट्टको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
-
९ करोड कमाउँदै ५१ औँ दिन मनायो ‘लालीबजार’ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण