सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

दाइको हत्या गरी भारततर्फ भाग्दै गरेका विनोद कोहलपुरबाट पक्राउ

सोमबार, १५ असार २०८३, १५ : ५२
सोमबार, १५ असार २०८३

सारांश

  • बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरी नहरमा फालेर फरार रहेका विनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
  • २० वर्षीय विनोदले असार १४ गते साँझ करिब ७ बजे आफ्ना अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेका थिए।
  • घटनापछि फरार रहेका विनोद भारततर्फ भाग्न खोज्दै गर्दा आज बिहान कोहलपुरबाट पक्राउ परेका हुन्।

बाँके । बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरी नहरमा फालेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

कोहलपुर नगरपालिका वडा नम्बर ४ गोहवा बस्ने २० वर्षीय विनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

विनोदले असार १४ गते साँझ करिब ७ बजे आफ्ना अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेका थिए। हत्या गरेपछि उनले दाइको शवलाई स्थानीय नहरमा फालेर फरार भएका थिए। मृतक मनोजको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगंज पठाइएको छ।

घटनापछि फरार रहेका विनोद भारततर्फ भाग्न खोज्दै गर्दा आज बिहान करिब ६:३० बजे बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १५ चन्हवाबाट पक्राउ परेका हुन्। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप