‘के पप टुर इन नेपाल’हुँदै, जापान, दक्षिण कोरिया र नेपालका कलाकारले प्रस्तुति दिने

काठमाडौँ । आगामी डिसेम्बर २० र २१ तारिखमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । हायात होटलमा दिउँसो १ देखि राती १० बजेसम्म हुने कार्यक्रममा के पप, जे पप र ने–पपका कलाकारहरुले संयुक्त रुपमा प्रस्तुति दिने आयोजकले बताएको छ ।
नेपालसँग दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको उपलक्ष्यमा यो कार्यक्रमको आयोजना हुन लागेको हो । यो अवसरमा अन्य केही कार्यक्रम पनि नेपालमा आयोजना भइरहेका छन् । यही अवसरमा डिसेम्बर महिनामा ‘के पप टूर इन नेपाल’ आयोजना हुन लागेको हो ।
नेपालका कलाकारहरूसँग जापान र दक्षिण कोरियाका कलाकारहरुले एक अर्काको देशको संस्कृति झल्कने प्रस्तुति दिनेछन् । यसका लागि नेपाली, जापानीज र दक्षिण कोरियाका कलाकारहरू उत्साहित देखिएका छन् ।
कार्यक्रममा नेपालको चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुति दिने बताइएको छ ।
कार्यक्रममा केल्ट नाइन वी, बस्टर्च ग्रूप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका व्यान्डका कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । यस्तै, एओनियो मामी, हान सेह्यूनले पनि यो कार्यक्रममा प्रस्तुति दिनेछन् ।
यो कार्यक्रमलाई ग्रान्ड च्यारिट नेपालले आयोजना हुन लागेको हो । कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको आयोजकले बताएको छ । कार्यक्रममा दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारहरुको प्रस्तुतिबाट नयाँ अनुभव गर्न सक्ने आयोजकको दाबी छ । आयोजकले यसका लागि टिकट विक्री समेत खुला भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु
-
मस्तिष्क ट्युमरबाट बच्ने ६ उपाय
-
सुनकोसीमा डुबेर एकजनाको मृत्यु
-
सभामुख घिमिरले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने
-
त्रिविले फास्ट ट्र्याकबाट कसरी नियुक्त गर्दैछ १३० जना प्रोफेसर ?
-
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी