साढे २२ किलो लागुऔषध चरेससहित तीन जना पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले साढे २२ किलो लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ–४ हरिहरपुर निवासी मकसुद अन्सारी, सोही ठाँउका रामलाल सहनी र भारत बिहार मोतिहारी ग्राम आदापुर बस्ने मुकेश कुमार रहेका छन् ।
प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१५ भिष्वा होटल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीहरुमाथि लागु औषधसम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
-
आज ७५ औँ मदन भण्डारी जयन्ती
-
इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण