सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण
बिहीबार, २९ कात्तिक २०८१, २२ : ०८

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुइलेक विमानस्थलको निरीक्षण गरेका छन् । प्रस्तावित पुइलेक विमानस्थल अजयमेरु गाउँपालिका–१ पुइलेक डाँडाको आज निरीक्षण गरेका हुन् ।
सभापति देउवाले निरीक्षणपछि हवाई मैदानको सम्भाव्यता अध्ययन गरेर विमानस्थल निर्माण गरिने बताए । विसं २०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो ।
नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि बयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताइएको छ । त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो ।
डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेल्लधुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको जेठ महिना ? हेर्नुहोस् मासिक राशिफल
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
दुर्गा र प्रतापको ‘ओइ नक्कले’मा सुशान्त र प्रियंकाको रोमान्स
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भव ?