प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
सोमबार, १० मङ्सिर २०८१, १५ : ४३

धनुषा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामथ्र्य नरहेकाले अनुदान लिनुपर्ने धारणा कांग्रेसको रहेको स्पष्ट पारेका हुन् । उनले चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको बताए ।
उनले भने, ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ । चीन हाम्रो मित्र राष्ट्र हो । किन नजाने त्यहाँ ।’ सभापति देउवाले चीन मित्र राष्ट्र भएको र किन त्यहाँ नजाने भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म