युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एसियाका राष्ट्रहरुले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको बताए । उनले युवाहरूलाई उत्पादन गर्ने क्षेत्रमा नवीन आविष्कारसहितको उद्यमशीलतामा लगाउन नसके बिदेसिने क्रम अझै बढ्ने बताए ।
सभापति देउवाले बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुद युवाहरूलाई बिदेसिनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउन आवश्यक भएको उल्लेख गरे । प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको पनि उनले बताए ।
उनले भने, ‘विश्वको ६० प्रतिशत जनसंख्या रहेको साउथ एसियाका राष्ट्रहरुले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको छ । यदि हामीले युवाहरूलाई उत्पादकत्व क्षेत्रमा नवीन आविष्कार सहितको उद्यमशीलतामा लगाउन सकेनौँ भने अवसरको खोजीमा बिदेसिने खतरा रहेकाले हाम्रा योजना र प्राथमिकता त्यसतर्फ केन्द्रित हुनु जरुरी छ ।’
सभापति देउवाले जलवायुजन्य असरले पार्ने प्रभाव र दक्ष जनशक्ति प्रयोगका सम्बन्धमा सम्मेलनले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण