‘उकाली ओराली’ गीत गाउँदै सोनु निगमले भने,‘नेपाली फ्यान भेट्न आतुर छ ’
शुक्रबार, १४ मङ्सिर २०८१, २१ : १५
काठमाडौँ । भारतीय गायक सोनु निगमले आफू नेपाल फ्यान भेट्न आतुर रहेको बताएका छन् । शुक्रबार एक भिडियो मार्फत नेपाली फ्यानलाई सम्बोधन गर्दै छिट्टै भेट्न आफू आतुर रहेको बताएका हुन् । उनले ‘उकाली ओराली गर्दै आँखाभरि रहर भर्दै’ गीत गाउँदै यो गीत पनि कार्यक्रममा सुनाउने बताएका छन् ।
‘धेरै भयो तपाईंहरुसँग नभेटेको, डिसेम्बर २५ मा भेट्नेछु’ उनले भिडियोमा भनेका छन् ।
निगम क्रिसमसको अवसरमा पुस १० गते काठमाडौँमा आयोजना हुने कार्यक्रम ‘सोनु निगम लाइभ इन नेपाल’का लागि नेपाल आउने भएका हुन् । हायात होटलको मैदानमा हुने कन्सर्टमा उनले नेपाली र हिन्दी गीतले फ्यानलाई मनोरञ्जन दिलाउनेछन् ।
कार्यक्रम नेपाली टचले गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण