दूतावासकै कर्मचारी मेनपावर सञ्चालक भएपछि...
काठमाडौं । नेपाली राजदूतावास मलेसियामा कार्यरत कर्मचारी मेनपावर व्यवसायी भएको प्रमाणित भएको छ ।
दूतावासमा सवारी चालकको रुपमा मलेसिया पुगेका प्रविन प्रधान उत्सव एच. आर. सोलुसन प्रा. लि. पिङ्गलास्थान–९ गौशलाको कार्यकारी निर्देशक रहेको खुलेको छ ।
उनी नेपाली राजदूतावास मलेसियाको प्रशासनिक सवारी चालकको रुपमा काम गर्दै आईरहेका छन् ।
उनी दूतावासको कर्मचारीको हैसियतले मलेसियामा रहेको विभिन्न कम्पनीहरुमा गएर नेपाली कामदारहरुको माग पत्र लिने तथा दूतावासमा अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र वैधानिक गर्ने गरेको खुल्न आएको छ ।
मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका नेपाली कामदारहरुसँग मलेसियन आरएम तीन हजार रुपैँया लिएर पासपोर्टसमेत बनाउने धन्दामा रहेको स्रोतले जानकारी दिएको छ ।
सवारी चालकको रुपमा मलेसिया पुगेका प्रविन प्रधानको राजदूतावासले दिएको परिचयपत्र र उत्सव एचआर सोलुसन प्रा. लि. को परिचय पत्र ।
दूतावास स्रोतले यस विषयमा छानविन भइरहेको बताए ।