आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
फ्लाइओभर निर्माण लापरबाहीले सर्वसाधारणको ज्यानै जोखिम, तस्बिरहरू
फोटोफिचर

फ्लाइओभर निर्माण लापरबाहीले सर्वसाधारणको ज्यानै जोखिम, तस्बिरहरू

सोमबार, २४ वैशाख २०८१

 ललितपुर । इमाडोलका सुमन तामाङ दैनिक कार्यालय जान ग्वार्को हुँदै सातदोबाटोको बाटो प्रयोग गर्छन्। उनी सधैँ त्यहीँ बाटो भएर आफ्नो दैनिक कार्यालय जानेआउने गर्छन्। 

gwarko flyover (1)

काममा जाँदा आउँदा सधैँ उनलाई एउटा पिरले सताउँछ। ग्वार्को चोकमा निर्माणधीन फ्लाइओभरको अव्यवस्थित निर्माण सामग्री र सवारीजामले उनलाई सधैँ पिरोल्ने गरेको उनी बताउँछन्। दैनिकी ग्वार्को चोकबाट सातदोबाटो तर्फ करिब सय मिटर सडकमा जोगिएर हिँड्नुपर्ने हुन्छ । फ्लाइ ओभर निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामको रडहरूले गर्दा निकै जोखिम मोलेर हिँड्नु पर्ने बाध्यता रहेको उनी बताउँछन्। 

gwarko flyover (2)

जाम खुल्दा सार्वजनिक सवारीहरू पेलिएर आउँदा निकै डराउँदै हिँड्नुपर्ने उनी बताउँछन् । उनी जस्तै साना सवारी होस या ठुलो सवारी त्यसरी नै जोगिँदै हिँड्नु पर्ने बाध्यता छ । 

gwarko flyover (5)

रड मात्र नभैइ फ्लाइ ओभर निर्माण स्थल ढाकिएका जस्ताबाट निस्किएका निर्माण सामग्रीले गर्दा जोगिएर हिँड्नु पर्ने बाध्यता रहेको सवारी चालकहरूको गुनासो रहेको छ । निर्माण स्थलमा फलाम र जस्ताले ढाकिएको छ । निर्माण स्थल ढाकिएका ठुला डिभाइडर भित्रबाट रड निस्किएको छ । निर्माण कम्पनीले पहिलो प्राथमिकता सडकमा ओहोर दोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउनु नै हो। तर, ग्वार्कोबाट सातदोबाटो जाने तर्फको करिब सय मीटर क्षेत्रमा डिभाइडरबाट ठुला–ठुला रड निस्किएका छन् ।

gwarko flyover (7)

सडकमै निस्किएको उक्त रडले ठुलै दुर्घटना निम्ताउन सक्ने र जोगिएर हिँड्नु पर्ने बाध्यता रहेको सवारी चालकहरूको गुनासो छ । कतै भने ढाकिएका पुराना जस्ता फुत्किएका र भित्रका निर्माण सामग्री बाहिर सडकमा निस्किएका दृश्य समेत देख्न पाइन्छ ।निर्माण क्रममा सडकबाट निकालिएका फलामे बारहरु पनि बेवारिसे अवस्थामा फालिएको छ ।

gwarko flyover (3)

काठमाडौँ चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य गरिरहेको छ । फ्लाइ ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ र ठेक्का सम्झौता अनुसार आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले काम गरिरहेको छ । निर्माण कार्य भई राख्दा अहिले ग्वार्को क्षेत्रमा सवारी जाम उच्च छ र वैकल्पिक बाटो सानो र जामले निर्माण स्थल हुँदै हिँड्नु पर्ने बाध्यता छ ।

gwarko flyover (4)gwarko flyover (6)gwarko flyover (8)gwarko flyover (9)gwarko flyover (10)gwarko flyover (11)gwarko flyover (12)gwarko flyover (13)gwarko flyover (14)

तस्बिर : मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया