ज्योती मगरको कार्यक्रममा किन हानियो ढुंगा ?
काठमाडौँ । गायिका ज्योती मगरले आफ्नो रिस गर्नेले आफूविरुद्ध नकारात्मक भ्रम फैल्याइरहेको बताएकी छन् । दर्शकले ढुंगा हानेर लखेटेको भन्ने सामाजिक सञ्जालमा फैलिएको नकारात्मक खबरको उनले खण्डन समेत गरेकी छन् ।
‘१० हजारको भीडमाझ आफूले प्रस्तुति दिँदा दर्शक नाच्न र झुम्न थालेपछि त्यहाँ रहेका बच्चा र महिला च्यापिने परिस्थिति थियो’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘त्यो स्थितिमा भीडमा घुसेर प्रहरीले लाठीचार्ज गर्न थालेपछि केही युवकले ढुंगा प्रहार गरेका थिए ।’
आधा घण्टा म्युजिक अफ गरेर माहौल साम्य बनेपछि आफूले पुनः गीत गाएर कार्यक्रम सकाएको उनले खुलाएकी छन् । उनी थप्छिन्, ‘यदि ममाथि ढुंगामुढा प्रहार भएको भए म खुसी नै हुन्थे । बिना दर्शकको खाली चौरमा गीत गाउनु पो अपमान हो । १० हजार बढी दर्शकले पैसा तिरेर मलाई हेर्न आउँछन् भने म खुसी खुसीले ढुंगा खाइदिने हो ।’
ज्योती माथि गत वैशाख २२ गते जुम्लामा आयोजित कार्यक्रममा प्रस्तुति दिँदै गर्दा ढुंगा प्रहार भएको थियो । ज्योतीले सामाजिक सञ्जालमा उक्त कार्यक्रमको भिडियो समेत शेयर गरेकी छन् । भिडियोमा ज्योतीलाई लखेटेको भने देखिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण