कोलकातासामु निरीह बन्यो लखनउ
लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५४ औँ खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा लखनउलाई ९८ रनले हराउँदै कोलकाता अङ्क तालिकामा शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

कोलकाताले प्रस्तुत गरेको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १ सय ३७ रनमा अलआउट हुन पुग्यो । टोलीका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, कप्तान केएल राहुलले २५ रन तथा एस्टन टर्नरले १६ रन तथा आयुश बदोनीले १५ रन र निकोलस पुरनले १० रन बनाए ।
अन्य ब्याटरले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । लखनउलाई सस्तोमा समेट्न हर्षित राना र वरुण चक्रवर्तीले ३–३ विकेट लिए भने आन्द्रे रसले २ तथा सुनिल नरेन र मिचेल स्टार्कले १–१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो । कोलकाताका लागि प्लेयर अफ द म्याच घोषित सुनिल नरेनले ३९ बलमा ८१ रनको विस्फोटक इनिङ्स खेले । उनले यस क्रममा ६ चौका र ७ छक्का हिर्काए । उनलाई अंगकृष रघुवंशी र फिल साल्टले ३२–३२ रन बनाउँदै राम्रो साथ दिए ।
खेलको अन्त्यतिर कप्तान श्रेयर ऐयरले २३ रन र रमनदीप सिंहले २५ रन प्रहार गरे । लखनउका लागि नविन उल–हकले ३ तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले १–१ विकेट लिए ।

जितपछि ११ खेलबाट कोलकाताको १६ अङ्क छ । टोली नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । लखनउ भने १२ अङ्कसहित पाँचौँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण