आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो फिल्म ‘गाउँ आएको बाटो’

सोमबार, २४ वैशाख २०८१, २१ : ०४
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरेको हो ।

फिल्मको टिजरमा गाउँमा गाडी आएपछि बाबु र छोराको सम्बन्धमा उत्पन्न हुने परिस्थितिको कथा प्रस्ट्याउन खोजिएको छ । 

दयाहाङ राई, पशुपति राई, प्रसना राई, प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राई लगायतका कलाकारको फिल्ममा अभिनय छ । आगामी जेठको २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म विभिन्न फेस्टिभलहरूमा समेत सहभागिता जनाएर अवार्ड जितिसकेको छ । 

नवीन सुब्बाले निर्देशन गरेको फिल्ममा अमोद राई र नवीन सुब्बाको लगानी छ । फिल्मका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् ।

महेश राईको कथा रहेको फिल्ममा नवीन सुब्बा र महेशले मिलेर पटकथा लेखेका छन् । जोस हेरुमको छायाङ्कन रहेको फिल्ममा क्वान पुन लेङ्गको सम्पादन, हेइडी लिको संगीत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप