टिजरमा यस्तो देखियो फिल्म ‘गाउँ आएको बाटो’
काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरेको हो ।
फिल्मको टिजरमा गाउँमा गाडी आएपछि बाबु र छोराको सम्बन्धमा उत्पन्न हुने परिस्थितिको कथा प्रस्ट्याउन खोजिएको छ ।
दयाहाङ राई, पशुपति राई, प्रसना राई, प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राई लगायतका कलाकारको फिल्ममा अभिनय छ । आगामी जेठको २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म विभिन्न फेस्टिभलहरूमा समेत सहभागिता जनाएर अवार्ड जितिसकेको छ ।
नवीन सुब्बाले निर्देशन गरेको फिल्ममा अमोद राई र नवीन सुब्बाको लगानी छ । फिल्मका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् ।
महेश राईको कथा रहेको फिल्ममा नवीन सुब्बा र महेशले मिलेर पटकथा लेखेका छन् । जोस हेरुमको छायाङ्कन रहेको फिल्ममा क्वान पुन लेङ्गको सम्पादन, हेइडी लिको संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण