होटेललाई उद्योगको मान्यता दिन व्यवसायीहरूको माग
काठमाडौँ । व्यवसायीहरूले होटेल क्षेत्रलाई उद्योगको मान्यता दिन माग गरेका छन् । ‘स्टाट्स अफ नेपलिज् होटल्सः प्रस्पेक्ट्स एण्ड च्यालेन्जेज’ विषयक कार्यशाला गोष्ठीमा व्यवसायीहरूले होटेल क्षेत्रलाई उद्योगको मान्यता दिएर सोही अनुरुम व्यवहार गर्न माग गरेका छन् ।
कार्यक्रममा होटेल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने, कानुनी जटिलता हटाउने, विमानस्थल र सडक सञ्जालहरू चुस्त दुरुस्त हुनुपर्नेमा जोड दिइयो । होटेल व्यवसायीहरूले सरकारबाट स्पष्ट नीतिगत निर्देशिका माग गरेका छन् । तारे होटेलको मापदण्ड पुनरावलोकन, इन्धन र विद्युतमा सहुलियतजस्ता विषय पनि व्यवसायीहरूले उठाएका छन् ।
होटेल संघका अध्यक्ष विनायक शाहले होटेल व्यवसायको समग्र सुधारका लागि सरकारी तथा निजी क्षेत्रबिच आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ गर्नुपर्ने बताए । उनले भने, ‘होटेल क्षेत्रले अझै पनि उद्योगको मान्यता पाएको छैन । सरकारले यसप्रति हेर्ने दृष्टिकोण पनि फेरिनुपर्यो ।’
शाहले नेपालमा होटेलहरूको सङ्ख्या र पर्यटकहरूको आगमनको अनुपातमा ठुलो असन्तुलन रहेको पनि औँल्याए । हाल नेपालमा वार्षिक ३०–३५ लाख पर्यटक राख्न सक्ने क्षमता भए पनि आगमन सङ्ख्या करिब १०–१५ लाखमै सीमित रहँदा होटेल क्षेत्रको भविष्य जोखिममा रहेको उनको भनाइ थियो ।
यसका साथै उनले होटेलहरूमा एमआरपी सम्बन्धी समस्या रहेको उल्लेख गरे । हवाई भाडा महँगो हुनु, होटेलको सेवा मूल्यमा गिरावट आउनु र डिसेम्बर–जनवरी महिनामा बुकिङ घट्नुले होटेल व्यवसाय थप समस्यामा परेको शाहको भनाइ थियो ।
पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेले वार्षिक पर्यटनको लक्ष्य राखेर हरेक वर्ष सुधारमा ध्यान दिइँदै पर्यटन दशक मनाइने धारणा राखे । पर्यटक बसाइँको अवधि बढाउन नयाँ होटेल थप्नेभन्दा सेवा र अनुभव सुधार्न केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण