विद्यार्थी बिदेसिने समस्या डरलाग्दो छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको उल्लेख गरे । उनले यी तीन वटै विधेयकहरू छिटो ल्याउन कांग्रेसले पहल गर्ने बताए । उनले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने समस्या डरलाग्दो रूपमा देखिएको बताए । उनले मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको बताए । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको उनले बताए ।
सभापति देउवाले युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको बताए । यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक भएको उनको भनाइ छ ।
उनले भने, ‘मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको कुरा पनि आइरहेको छ । यी र यस्तै समस्याहरूको समाधानको ठोस उपाय खोज्नको लागि यस्ता बहस र कार्यक्रमहरूलाई निरन्तरता दिनु आजको आवश्यकता हो । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेछ ।’
सभापति देउवाले अबको ४०÷५० वर्षको अनुमान गरेर मुलुकले अवलम्बन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नुपर्ने बताए । उनले शिक्षामा रूपान्तरण, शिक्षामा बजेट वृद्धि गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण