बाबुरामको आरोप– रविमाथि राजनीतिक प्रतिशोध साँधियो
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन् । शुक्रबार पोखरास्थित कारागारमा सभापति लामिछानेलाई भेट्न पुगेका उनले सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरूले नयाँ शक्तिको अभियान सुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा रविलाई चिनेको बताए । उनले सभापति लामिछानेलाई अस्वभाविक रूपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताए । सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन ठुला राजनीतिक दलहरूकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप उनले लगाए । उनले सहकारी पीडितलाई न्याय दिनुपर्ने बताए ।
भेटका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध लिएर समातिएको बताएको पनि पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिए । उनले भने, ‘सहकारी सम्बन्धी समस्या छ त्यसको जरो धेरै फैलिएको छ । सत्तामा अहिलेसम्म जोजो बसिरहेका छन् पालैपालो मुख्य तीन दलका तीन नेताहरूकै वरिपरि बढी अपचलन भइरहेको छ । त्यसको समस्या हल नगर्ने हो भने र पचासौँ लाख साना बचत कर्ताहरू मर्कामा परेका छन् । तिनको समस्या समाधान हुनुपर्छ ।’
पूर्वप्रधानमन्त्री भट्टराईले सहकारी पीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण