सभापति देउवासँग सहायक विदेशमन्त्री लूको भेट
आइतबार, २३ मङ्सिर २०८१, १५ : ५१
काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले सत्तासझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
आइतबार दिउँसो साढे २ बजे सभापति देउवा र सहायक विदेशमन्त्री लूबिच भेट भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए ।
‘दिउँसो साढे २ बजे उहाँहरूबिच भेटवार्ता भएको हो‚’ देउवाले भने ।
सो क्रममा उनीहरूबिच दुई देशको आपसी हित र समसामयिक विषयमा छलफल भएको भानु देउवाले बताए ।
तीनदिने नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू आइतबार काठमाडौँ आइपुगेका हुन् । भारत र श्रीलंकाको भ्रमणपछि उनी नेपाल आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण