मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्सामा रवि लामिछानेको बयान आजै लिने तयारी

सोमबार, २४ मङ्सिर २०८१, १७ : १५
सोमबार, २४ मङ्सिर २०८१

पर्सा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आजै लिने तयारी गरिएको छ । 

कास्की प्रहरीको हिरासतबाट प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सा लगिएका रविको बयान आज राति र भोलि बिहान लिने तयारी गरिएको हो । 

लिखित र मौखिक बयान गराएर भोलि दिउँसो पर्साबाट पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी तथा प्रवक्ता शिखर लम्सालले बताए ।  

यस्तै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रविका समर्थकले नाराबाजी गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप