मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?

मङ्गलबार, १६ असार २०८३, १३ : ५६
मङ्गलबार, १६ असार २०८३

सारांश

  • अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँगको समझदारी पत्रको बचाउमा सक्रिय देखिएका छन् ।
  • भान्सले इजरायलको सार्वजनिक विरोधमा कडा प्रतिक्रिया दिँदै ९० लाख जनसङ्ख्या भएको देशले हत्या गरेर मात्र समस्या समाधान गर्न नसक्ने बताएका छन् ।
  • अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी सरकारको आलोचना गर्दै आएका छन् र उपराष्ट्रपति भान्ससँग मतभेद नरहेको ह्वाइट हाउसले जनाएको छ ।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँग गरेको समझदारी पत्र (एमओयू)को आलोचना भइरहेका बेला उपराष्ट्रपति जेडी भान्स उक्त सम्झौताको बचाउमा सक्रिय देखिएका छन् ।

 इजरायल समर्थक राजनीतिज्ञहरू तथा आलोचकहरूले सम्झौताको विरोध गरिरहेका छन् । स्विट्जरल्यान्डमा इरानसँग भएको वार्ताको नेतृत्व गरेका भान्सले उक्त समझदारीलाई सकारात्मक प्रगतिको संज्ञा दिएका छन् । उनले अन्तिम सम्झौता सफल हुने दिशामा बलियो आधार तयार भएको बताएका छन् ।

भान्सले इजरायलले सार्वजनिक रूपमा उक्त सम्झौताको विरोध गरेको विषयमा कडा प्रतिक्रिया पनि दिएका छन् । उनले भने, ‘तपाईं ९० लाख जनसङ्ख्या भएको देश हुनुहुन्छ । तपाईंले सामना गरिरहेको हरेक राष्ट्रिय सुरक्षा समस्याको समाधान हत्या गरेर मात्रै सम्भव हुँदैन । 

यता, अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले भने इजरायलको सार्वजनिक रूपमा आलोचना गरेका छैनन् । बरु उनले इरानी सरकारको आलोचना गर्दै आएका छन् ।

भान्सको अभिव्यक्तिबारे प्रश्न सोधिँदा रुबियोले प्रत्यक्ष प्रतिक्रिया दिन अस्वीकार गरे र यस साता हिजबुल्लाहले इजरायली सुरक्षा चौकीमा गरेको आक्रमणको प्रसङ्ग उल्लेख गरे । यद्यपि, ह्वाइट हाउसले उपराष्ट्रपति भान्स र विदेशमन्त्री रुबियोबिच कुनै मतभेद नरहेको दाबी गरेको छ । विगतदेखि नै दुवै नेताका विदेश नीतिसम्बन्धी दृष्टिकोण फरक रहँदै आएको मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप