महासङ्घ ताप्लेजुङमा आचार्य निर्वाचित
फुङ्लिङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङमा सर्वसम्मत सुवास आचार्य निर्वाचित भएका छन् । सुवास आचार्यको नेतृत्वमा १५ कार्यसमित गठन गरिएको हो ।
जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत केशव भट्टराईका अनुसार आचार्यको नेतृत्वमा उपाध्यक्ष सन्तोषकुमार सार्की, महिला उपाध्यक्ष सङ्गीता कार्की, सचिव कृषण फुरूम्बो, सहसचिव साहारा लिम्बू चयन भएका छन् ।
समावेसी सचिव मनमाया लिम्बू र कोषाध्यक्ष मदन गौतम चयन भएका निर्वाचन संयोजक धर्मप्रसाद पौडेलले बताए । पौडेलकाअनुसार महिला सदस्यमा सनिता रसाइली, दलित सदस्य किरण विक र आदिवासी जनजाति सदस्य तेन्जिङ शेर्पा चयन भएका छन् ।
त्यस्तै खुला सदस्यमा तरूण भारती, दिलकुमार फेम्बू, रञ्जना गुरूङ, टिकामाया याक्सो र एलिना दियाली चयन भएका छन् । प्रदेश परिषद् सदस्यमा सूर्यप्रसाद लिम्बू (आलोक) र दिनेश लिङ्खिम चयन भएका निर्वाचन समितिले जनाएको छ । केन्दीय परिषद् सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक (प्रयास) चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण