अग्रजले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा लाग्नुपर्छ : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं कांग्रेस नेता पिएल सिंहको १३ औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धान्जली सभामा देउवाले अग्रज नेताहरुले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरा कामहरुलाई अघि बढाउन उनीहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रीत हुनुपर्ने बताएका हुन् ।
सभापति देउवाले स्वर्गीयपिएल सिंहले जनताको सेवाका लागि गर्नुभएका कामहरुको स्मरण गरे । पिएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै उनले पिएल सिंहले पार्टीलाई मात्रै नभइ देशलाई नै ठूलो क्षति भएको धारणा राखे ।
त्यस्तै अन्य कांग्रेस नेताहरुले पिएल सिंहको योगदानको स्मरण गरेका थिए । समयदेखि आन्द्राको समस्याबाट पीडित ८५ वर्षीय सिंहको पुष १ गते निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण