पोखरामा सुरु भयो ड्रागन बोट रेस
आइतबार, १४ पुस २०८१, ११ : ५१
पोखरा । पोखरामा ड्रागन बोट रेस सुरु भएको छ । खेलकुद मन्त्री तेजुलाल चौधरीले आइतबार ड्रागन बोट रेसको उद्घाटन गरेका हुन् । सो प्रतियोगितामा चीन र नेपालका खेलाडी सहभागी छन् ।
प्रतियोगितामा २०० र ५०० मिटर दौडमा २०–२० टोली सहभागी भएका छन् । दुबैतर्फ प्रथम हुनेले ५००० अमेरिकी डलर, दोस्रो हुनेले २००० अमेरिकी डलर, तेस्रोले १२०० अमेरिकी डलर पुरस्कार पाउने छन् ।
प्रतियोगिता सोमबारसम्म चल्नेछ । सो प्रतियोगिता नेपाल सरकार, पर्यटन बोर्ड, पोखरा महानगर, प्रदेश सरकार र चिनियाँ एम्बेसीले संयुक्त रूपमा आयोजना गरेको हो । प्रतियोगितामा नेपालका ११, एउटा सिंगापुर र बाँकी चीनका टिम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण