युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न सक्दैनन् : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने बताएका छन् । आइतबार काठमाडौँमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताए । उनले खेलकुदमा युवाहरू बढी हुने भएकाले कांग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताए । उनले खेलकुद स्वस्थ शरीरका लागि महत्त्वपूर्ण रहेको बताए । ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरू मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘नेपालमा खेलकुद जगतमा बढी व्यस्त लागेका साथीहरूले हाम्रो पार्टीलाई पनि मजबुत बनाउनसक्छ । कुनैपनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन, तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन । खेलकुदमा युवाहरू बढी हुने भएकाले हामीले जोड दिनुपर्छ । सबै साथीहरू लागेर खेलकुद जगतलाई बढाउनुपर्छ । हाम्रो पार्टीबाट पूरा सहयोग छ ।’
सभापति देउवाले खेलकुद जगतलाई कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण