गणतान्त्रिक व्यवस्था स्थायी हो‚ यसलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
मङ्गलबार, १६ पुस २०८१, ११ : १८

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्था स्थायी भएको भन्दै यसलाई सुदृढ गर्दै जानुपर्ने बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्न सबैको कर्तव्य हुने भएको बताए ।
‘आजको गणतन्त्र सफल पार्न सबैको कर्तव्य छ । गणतन्त्रलाई सुदृढ बनाउनु पर्छ‚’ उनले भने‚ ‘यसलाई अगाडि लानु पर्छ । अहिलेका मधेश पहाड हिमाल पूर्व पश्चिम सम्पूर्ण नेपालीको एकता यही मेलमिलाप हो ।’
उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि आवश्यक भएको बताए ।
‘कांग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, कांग्रेसले अग्रसरता लिनुपर्छ‚’ उनले भने ।
बिपी गणेशमान नेपाल फर्केपछि राजनीति पनि उनीहरू वरपर घुमेको र राजाले घुँडा टेकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
-
बागमती प्रदेशमा मनाइयो भाषा दिवस
-
हेटौँडा गाडी भासिएको घटनाः ५ स्थानको ६० बढी नमुना बोकेर फर्कियो टोली
-
भाषा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री लामा