गणतान्त्रिक व्यवस्था स्थायी हो‚ यसलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
मङ्गलबार, १६ पुस २०८१, ११ : १८
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्था स्थायी भएको भन्दै यसलाई सुदृढ गर्दै जानुपर्ने बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्न सबैको कर्तव्य हुने भएको बताए ।
‘आजको गणतन्त्र सफल पार्न सबैको कर्तव्य छ । गणतन्त्रलाई सुदृढ बनाउनु पर्छ‚’ उनले भने‚ ‘यसलाई अगाडि लानु पर्छ । अहिलेका मधेश पहाड हिमाल पूर्व पश्चिम सम्पूर्ण नेपालीको एकता यही मेलमिलाप हो ।’
उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि आवश्यक भएको बताए ।
‘कांग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, कांग्रेसले अग्रसरता लिनुपर्छ‚’ उनले भने ।
बिपी गणेशमान नेपाल फर्केपछि राजनीति पनि उनीहरू वरपर घुमेको र राजाले घुँडा टेकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण