बीपीलाई सचिव, पुष्पलाललाई सहसचिव !
काठमाडौँ । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताको नाममा घोषणा गरिएका पुरस्कारको सम्बन्धमा कुरा उठाए । उनले एउटै सरहको नेतालाई पनि फरक फरक व्यवहार गरिएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरे ।
नेपालले बीपी कोइराला र पुष्पलालको नाममा स्थापना गरिएका पुरस्कार दिने व्यक्ति छनोट गर्ने समितिको पोर्टफोलियोबारे कुरा उठाएका हुन् । उनले पुष्पलालको नाममा स्थापना गरिएको पुरस्कारमा छनोट समितिमा सहसचिव राख्ने तर बीपी कोइरालाको नामको पुरस्कारमा सचिवले हेर्ने व्यवस्थामा प्रश्न उठाएका हुन् ।

‘कतिपय नेताहरूको नाममा पुरस्कारको व्यवस्था गरिएको छ । त्यसको निम्ति बनाइएको समितिको क्रम सचिवलाई दिएको छ, उही सरहको नेताको ... जस्तो पुष्पलाल । पुष्पलाल त नेपालको राजनीतिको एउटा प्रमुख नेतामध्ये बीपी कोइराला सरहको नेता । दुई जना नेपाल नेपालको राजनीतिमा सम्मानित छन् । पुष्पलाललाई फेरि सहसचिव तहमा राखिदिएको छ । यसमा विचार पुर्याउनुस्, करेक्सन गर्नुस् ।’
अहिले बीपी कोइरालाको नाममा बीपी कोइराला राष्ट्रिय पुरस्कार दिइँदै आइएको छ । त्यस्तै, पुष्पलालको नाममा पुष्पलाल राष्ट्रिय पुरस्कार दिइँदै आइएको छ । बीपी राष्ट्रिय पुरस्कारसम्बन्धी कार्यविधिको छनोट समितिमा मन्त्रालयका सचिव संयोजक रहने प्रस्ट व्यवस्था छ । पुष्पलाल राष्ट्रिय पुरस्कारसम्बन्धी कार्यविधिमा सरकारले उपयुक्त देखेको कुनै व्यक्तिलाई संयोजन बनाउन सकिने व्यवस्था गरिएको छ ।
बीपी नेपाली कांग्रेसका नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् । उनको नेतृत्वमा नेपाली काँग्रेस स्थापना प्रजातन्त्र स्थापनाका लागि योगदान गरेको थियो । पुष्पलाल तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका नेता तथा संस्थापक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण