हिउँ पग्लिएर हिमाल नाङ्गा हुनु दुखद हो : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण समग्र विश्वमा प्रभाव पारिरहेको भन्दै नेपालमा समेत यसले ठुला समस्या पैदा गर्नसक्ने बताएका छन् । उनले हिमालका हिउँहरू पग्लिएर नाङ्गो हुने क्रम जारी रहेको भन्दै हिमालहरूमा हिउँ नहुनु दुखद रहेको बताएका हुन् ।
कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन विभागले शुक्रबार गरेको कार्यक्रममा सभापति देउवाले जलवायु परिवर्तनका सन्दर्भमा नेपालले सबभन्दा बढी ध्यान दिनुपर्ने बताए ।
‘हिमालयहरूमा हिउँ नै छैन, हिउँ पग्लिँदै गएको छ । ग्लेसियरहरू पग्लिएका छन् । नेपालले चाहेरमात्र जलवायु परिवर्तनको असर कम हुने त होइन तर नेपालले पनि धेरै गर्न सक्छ,’ उनले भने, ‘हाम्रोमा डिजेल पेट्रोलको प्रयोग धेरै भएको छ ।’
इन्धनभन्दा बढी इलेक्ट्रिक सवारी साधनहरूमा जोड दिनुपर्नेमा जोड दिँदै काठमाडौँमा मात्र इन्धनका सवारी घटाउनसके धेरै फाइदा हुने बताए ।
‘इलेक्ट्रिक भेहिकलका लागि चार्जहरु राख्ने र इलेक्ट्रिक भेहिकल बढाउनुपर्छ । यसले हाम्रो देशलाई त स्वच्छ पार्छ, विश्वलाई पनि सकारात्मक सन्देश दिनसक्छ । यसका साथै हामीले हाम्रो ६० प्रतिशत बनलाई पनि बचाउन सकियो भने राम्रो हुन्छ’, पूर्वप्रधानमन्त्री देउवाको भनाइ छ । उनले उनले स्वच्छताको सुरुवात आफ्नै देशबाट गर्नुपर्ने भन्दै जलवायु परिवर्तनको असर कम गर्ने प्रयास विश्वमै नेपाल उदाहरणीय बन्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण