कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेको बताएका छन् ।
४१ औँ पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा विकृति विसङ्गतिहरू देखा परेको बताएका हुन् ।
‘मुलुक चलाउनुपर्ने जिम्मेवारी पाएका कम्युनिस्ट पार्टीका भनिएका मानिसहरू छन् । तर जनता सन्तुष्ट हुन सकेका छैनन्’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ ।’
गुर्भाचोभ र यत्सिन पनि कम्युनिस्ट भए पनि उनीहरूले कम्युनिस्टहरू सिध्याएको उदाहरण दिँदै उनले कम्युनिस्टका नाममा गैर कम्युनिस्ट काम भइरहेको बताए । ‘कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम गर्नुभएन । कम्युनिस्टको नाममा कम्युनिस्टको मर्यादा राख्नुपर्छ’, नेपालले भने, ‘त्याग तपस्या, बलिदानको कीर्तिमान कायम गर्नुपर्छ ।’ राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने नेपालको भनाइ छ ।
- के हो पिस्कर काण्ड ?
तत्कालीन पञ्चायती शासकले २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चकको पिस्करका सर्वसाधारणमाथि दमन गरेको थियो । शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहेका बेला पञ्चायती शासनले गरेको उक्त दमनमा स्थानीय इले थामी र वीरबहादुर थामीको ज्यान गएको थियो ।
त्यस्तै जगतबहादुर बोहरा, पाल्कामाया थामी, सोनाम तामाङ गम्भीर घाइते भएका थिए । त्यसै घटनालाई पिस्कर काण्ड भनेर चिनिन्छ । जसलाई कम्युनिस्टहरूले स्मरण गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण