गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ प्रसारणमा आउँदै

काठमाडौँ । ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुति ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आज शनिबारबाट प्रसारणमा आउने भएको छ । मौलिक नेपाली शो बताइएको यो शो प्रत्येक शनिवार र आइतबार राति ९: ०० बजे प्राइमटाइम्स एचडी टिभीबाट हेर्न सकिनेछ।
कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशक प्रमोद कुमार भण्डारी हुन् भने निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुंगाना, र नभराज चौलागाईं छन्। यस सिजनका जजहरूमा डा त्रिशला गुरुङ, अर्जुन पोखरेल, र सनुप पौडेल रहेका छन्। कार्यक्रमको सञ्चालन नम्रता श्रेष्ठ र विशाल पोखरेलले गर्नेछन्।
‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली संगीतप्रेमी दर्शकलाई मनोरञ्जन मात्र होइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभाशाली गायकरगायिका खोज्ने पनि हो। निर्देशक प्रमोद भण्डारीका अनुसार यो शोले नेपाली सङ्गीतको मौलिकता झल्काउने छ र दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ।
कार्यक्रमको बजार व्यवस्थापन तपस्या क्रिएसन ले गरेको छ। ‘सिङ्गिङ स्टार नेपाल’ ले नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन