गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ प्रसारणमा आउँदै
काठमाडौँ । ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुति ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आज शनिबारबाट प्रसारणमा आउने भएको छ । मौलिक नेपाली शो बताइएको यो शो प्रत्येक शनिवार र आइतबार राति ९: ०० बजे प्राइमटाइम्स एचडी टिभीबाट हेर्न सकिनेछ।
कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशक प्रमोद कुमार भण्डारी हुन् भने निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुंगाना, र नभराज चौलागाईं छन्। यस सिजनका जजहरूमा डा त्रिशला गुरुङ, अर्जुन पोखरेल, र सनुप पौडेल रहेका छन्। कार्यक्रमको सञ्चालन नम्रता श्रेष्ठ र विशाल पोखरेलले गर्नेछन्।
‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली संगीतप्रेमी दर्शकलाई मनोरञ्जन मात्र होइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभाशाली गायकरगायिका खोज्ने पनि हो। निर्देशक प्रमोद भण्डारीका अनुसार यो शोले नेपाली सङ्गीतको मौलिकता झल्काउने छ र दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ।
कार्यक्रमको बजार व्यवस्थापन तपस्या क्रिएसन ले गरेको छ। ‘सिङ्गिङ स्टार नेपाल’ ले नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण