गायिका जेरी बनिन् योगमाया सखी, महायज्ञमा कथा वाचन गर्दै

काठमाडौँ । लोकदोहोरी गायिका बबिता बानिया (जेरी)ले पछिल्लो समय अध्यात्मको बाटो रोजेकी छन् । लाइभ दोहोरीमा जमेकी उनले अहिले आफ्नो परिचय नै फेर्न लागेकी छन्– अर्थात उनले आफूलाई धार्मिक कथाबाचक ‘योगमाया सखी’ को रूपमा चिनाउन लागेकी हुन् ।
योगमाया सखीको पहिलो भागवत कथा वाचनसहितको महायज्ञ हुन लागेको छ । राजधानीको नागार्जुन नगरपालिका १ रानीवनस्थित नागभुषण महादेव मन्दिर परिसरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । वैदिक सनातन धर्मको सम्वद्र्धन तथा नागभुषण महादेव मन्दिर परिसरको सर्वाङ्गीण भौतिक विकासका लागि योगमाया सखी (जेरी) को वाचनमा महायज्ञ हुन लागेको आयोजकको भनाइ छ ।
श्री नागभूषण मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपाल आयोजक रहेको उक्त सप्ताहको माघ २२ गते उद्घाटन हुनेछ भने माघ ३० गतेसम्म जारी रहने सांस्कृतिक संयोजक बालचन्द्र बरालले जानकारी दिए ।
महायज्ञमा ५ हजारदेखि माथिका दाताहरूको नाम, २५ हजार भन्दा माथिका दाताहरूको सम्पत्तिको नाम र ५० हजारभन्दा माथिका दाताहरूको तीन पुस्तेको नामसहित मन्दिरमा अभिलेखीकरण गरिने आयोजकको भनाइ छ ।
जोरीले करिब डेढ दशकको दोहोरी गायक यात्राका क्रममा निकै चर्चा कमाएकी थिइन् । अहिले भने उनी अध्यात्मतिर ढल्किएकी हुन् । भागवतको दशकसम्म स्वअध्ययन र डेढ वर्ष नेपाल र भारतमा गुरुहरुसँग समेत अध्ययन गरेपछि उनी नयाँ परिचयका साथ पहिलो पटक कथा वाचनमा जुट्न लागेकी हुन् ।
आयोजकले महायज्ञमा २० हजार भक्तजनको उपस्थिति हुने अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरू वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी
-
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
-
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
-
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
-
दलित मुक्तिको आधार खोज्न राष्ट्रिय दलित गोलमेच सम्मेलन गरिने
-
‘सिनेमाका नायकनायिका, गायकगायिकाजस्तै देश–विदेश भ्रमण गर्दै कविहरू’