नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिन्छ : सभापति देउवा
_6vyzr7eqht_GbuDUBkwdV.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिने बताएका छन् । कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधवार सानेपामा आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक कार्यक्रममा सभापति देउवाले वैदेशिक सहयोगका विषयमा बेला–बेला विरोध हुने गरेको भन्दै मुलुकको हितमा वैदेशिक सहयोग लिन सकिने बताएका हुन् ।
उनले विभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको र केही ऋण समेत अनुदानमा परिणत हुने गरेको धारण राखे । एमसीसी पास गर्ने बेलामा ठुलो विरोध भए पनि अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको उनले बताए ।
सभापति देउवाले नेपाल भारत र चीनको बिचमा रहेकाले त्यहाँको नीतिको असर पर्नु स्वाभाविक रहेको र त्यसले फाइदा र बेफाइदा दुवै हुने गरेको धारणा राखे । त्यस्तै कांग्रेसका अन्य नेताहरूले परिणाम दिने आयोजनाहरूमा मात्रै नेपालले वैदेशिक सहयोग स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलालघाटदेखि पचुवारघाटसम्म पहिलोपटक रिभर ट्यूबिङ्ग
-
अब फिल्मी संगीतमा पनि खेम सेन्चुरी
-
कोशी प्रदेशः तीन महिनामा कारागार र ब्यारेकमा ६ जनाको मृत्यु
-
दलीय भागबण्डामा गरिएको पुरस्कार वितरणमा प्रेस सेन्टरको आपत्ति
-
भारतको पञ्जाबमा अज्ञात विमान दुर्घटनाग्रस्त, एकको मृत्यु, ९ घाइते
-
सीमापार गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो : भारतीय सेना