तराईका तीन विमानस्थलको उडान अवरुद्ध
बिहीबार, १० माघ २०८१, १३ : ३८

काठमाडौँ । पर्याप्त भिजिबिलिटी नभएका कारण तराई क्षेत्रका तीन विमानस्थलको उडान अवरुद्ध भएको छ । भिजिबिलिटी नभएका कारण दिउँसो साढे १ बजेसम्म भद्रपुर, सिमरा र जनकपुर विमानस्थल ठप्प छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यी विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । जसले गर्दा विमान उडान र अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन ।