समाजवादी युवा मोर्चाले माघ १८ गते काठमाडौँमा प्रदर्शन गर्ने
काठमाडौँ । समाजवादी युवा मोर्चाले माघ १८ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै मोर्चाले माघ १८ गते दिउँसो १ बजे माइतीमण्डलादेखि नयाँ बानेश्वरसम्म भ्रष्टाचार, कालोबजारी र महँगीविरुद्ध तथा जनजीविकाका पक्षमा संयुक्त प्रदर्शनको आयोजना गर्ने भएको हो ।
प्रदर्शनले भ्रष्टाचार र कालोबजारीका विरुद्ध जनताको आवाज बुलन्द गर्दै सरकारलाई जनजीविकाका समस्यामा केन्द्रित हुन आग्रह गर्ने जनाइएको छ । विद्यामान बेथिति, भ्रष्टाचार र कालोबजारी विरुद्ध सुशासनका पक्षमा दृढताका साथ उभिन आवश्यक रहेको मोर्चाले जनाएको छ ।
वक्तव्यमा भनिएको छ,‘समाजवादी मोर्चा, नेपाल सम्बद्ध ४ युवा संगठन देश र जनताले भोगेको समस्याप्रति गम्भीर भएका छौँ । देशमा दिनप्रतिदिन बढ्दो कालोबजारी, महँगी र भ्रष्टाचारले आम जनताको जीवनलाई असहज बनाउँदै गएको वर्तमान परिस्थितिप्रति समाजवादी मोर्चा नेपाल सम्बद्ध समाजवादी युवा मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मोर्चाले वर्तमान सरकारको जनविरोधी गतिविधिहस्प्रति सचेत गराउँदै भ्रष्टाचार, महँगी र कालोबजारीको अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण