समाजवादी युवा मोर्चाले माघ १८ गते काठमाडौँमा प्रदर्शन गर्ने
काठमाडौँ । समाजवादी युवा मोर्चाले माघ १८ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै मोर्चाले माघ १८ गते दिउँसो १ बजे माइतीमण्डलादेखि नयाँ बानेश्वरसम्म भ्रष्टाचार, कालोबजारी र महँगीविरुद्ध तथा जनजीविकाका पक्षमा संयुक्त प्रदर्शनको आयोजना गर्ने भएको हो ।
प्रदर्शनले भ्रष्टाचार र कालोबजारीका विरुद्ध जनताको आवाज बुलन्द गर्दै सरकारलाई जनजीविकाका समस्यामा केन्द्रित हुन आग्रह गर्ने जनाइएको छ । विद्यामान बेथिति, भ्रष्टाचार र कालोबजारी विरुद्ध सुशासनका पक्षमा दृढताका साथ उभिन आवश्यक रहेको मोर्चाले जनाएको छ ।
वक्तव्यमा भनिएको छ,‘समाजवादी मोर्चा, नेपाल सम्बद्ध ४ युवा संगठन देश र जनताले भोगेको समस्याप्रति गम्भीर भएका छौँ । देशमा दिनप्रतिदिन बढ्दो कालोबजारी, महँगी र भ्रष्टाचारले आम जनताको जीवनलाई असहज बनाउँदै गएको वर्तमान परिस्थितिप्रति समाजवादी मोर्चा नेपाल सम्बद्ध समाजवादी युवा मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मोर्चाले वर्तमान सरकारको जनविरोधी गतिविधिहस्प्रति सचेत गराउँदै भ्रष्टाचार, महँगी र कालोबजारीको अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने