महानगर यातायातमा नयाँ कार्यसमिति, अध्यक्षमा सन्तोष खतिवडा चयन
काठमाडौँ । महानगर यातायात प्रालिको तेस्रो अधिवेशनले सन्तोष खतिवडालाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। तेस्रो अधिवेशन तथा नौ साधारणसभाबाट खतिवडाको नेतृत्वमा निवर्तमान अध्यक्ष मधुसुदन उपाध्याय अधिकारी, व्यवसायी अच्युतप्रसाद अधिकारी, धर्मराज रिमाल, हरिप्रसाद रिमाल, केशव नेपाल र मीरा शर्मा सञ्चालक सदस्यमा चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष खतिवडाले महानगर यातायातलाई चिरपरिचित ब्रान्ड बनाउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीलाई अझ मजबुत बनाउने बताएका छन्। साथै, उनले महानगर यातायात प्रालिलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्त्वपूर्ण निर्णयसहित आफूलाई नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा धन्यवाद व्यक्त गरे।
'महानगर यातायातलाई सम्पूर्ण नेपालीको आफ्नै यातायात बनाउने अभियानको नेतृत्व गर्दा खुसीभन्दा बढी जिम्मेवारीको अनुभव गरिरहेको छु', खतिवडाले भने।
महानगर यातायात निजी सार्वजनिक यातायातको अग्रणी कम्पनी हो । जसलाई नौ वर्षअघि व्यवसायीहरूले स्थापना गरेका थिए। हाल कम्पनीका ८९ वटा बस सञ्चालनमा रहेका छन्। काठमाडौँको चक्रपथ क्षेत्रमा सेवा दिँदै आएको यस यातायातले केही दिनअघि मात्रै थानकोटदेखि धुलिखेलसम्म सेवा विस्तार गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण