माैसम पूर्वानुमान
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?
शनिबार, १९ माघ २०८१, ०६ : ०५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले कोशीलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकबदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज कोशी र कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शतप्रतिशत जितसहित अर्जेन्टिना समूह विजेता, अल्जेरिया उपविजेता
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण