सांसद उर्मिला माझीले संसदमा सोधिन्– सरकार कहाँ छ ?
काठमाडौँ । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले सरकार कहाँ छ भनेर संसदमा सार्वजनिक प्रश्न सोधेकी छिन् । उनले जनसरोकारका विषयलाई वेवास्ता गर्दै भ्रष्टाचारीको संरक्षणमा लागेको बताएकी छिन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै माओवादी सांसद माझीले राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजना अलपत्र परेको बताइन् ।
उनले भनिन्– ‘पृथ्वी राजमार्ग विस्तारको नाममा मुग्लिन नौविसे सडक खण्ड अस्तव्यस्त छ, सडक वरिपरिका बस्तिहरू धुलो र धुवाँले पुरै ढाकिएका छन्, तोकिएको समयमा सडक निर्माण सकिने सम्भावना देखिँदैन । यसले गर्दा सडक आसपासका जनता र यात्रुको स्वास्थ्यमा गम्भीर समस्या आउने देखिन्छ भने पर्यटकहरू सडक यात्रा गर्न नचाहेको देखिन्छ ।’
उनले अगाडि थपिन्– ‘ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओेभर निर्माणमा अख्तियार र कर्मचारीका कारण ठेकदार भागेर निर्माण कार्य अवरुद्ध भएको छ । राष्ट्रिय गौरवका आयोजना अलपत्र छन् । सरकार जनसरोकारका विषय छाडेर भ्रष्टाचारीको संरक्षण गर्नेगरी जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने गरी अध्यादेश ल्याउने र सरकार टिकाउने खेलमा मात्रै व्यस्त छ ।’
उनले राजमार्ग निर्माणको काम छिटो सक्न, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन र जातिय विभेद संरक्षण गरेको विषयमा जवाफ दिन सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण