सांसद उर्मिला माझीले संसदमा सोधिन्– सरकार कहाँ छ ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले सरकार कहाँ छ भनेर संसदमा सार्वजनिक प्रश्न सोधेकी छिन् । उनले जनसरोकारका विषयलाई वेवास्ता गर्दै भ्रष्टाचारीको संरक्षणमा लागेको बताएकी छिन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै माओवादी सांसद माझीले राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजना अलपत्र परेको बताइन् ।
उनले भनिन्– ‘पृथ्वी राजमार्ग विस्तारको नाममा मुग्लिन नौविसे सडक खण्ड अस्तव्यस्त छ, सडक वरिपरिका बस्तिहरू धुलो र धुवाँले पुरै ढाकिएका छन्, तोकिएको समयमा सडक निर्माण सकिने सम्भावना देखिँदैन । यसले गर्दा सडक आसपासका जनता र यात्रुको स्वास्थ्यमा गम्भीर समस्या आउने देखिन्छ भने पर्यटकहरू सडक यात्रा गर्न नचाहेको देखिन्छ ।’
उनले अगाडि थपिन्– ‘ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओेभर निर्माणमा अख्तियार र कर्मचारीका कारण ठेकदार भागेर निर्माण कार्य अवरुद्ध भएको छ । राष्ट्रिय गौरवका आयोजना अलपत्र छन् । सरकार जनसरोकारका विषय छाडेर भ्रष्टाचारीको संरक्षण गर्नेगरी जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने गरी अध्यादेश ल्याउने र सरकार टिकाउने खेलमा मात्रै व्यस्त छ ।’
उनले राजमार्ग निर्माणको काम छिटो सक्न, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन र जातिय विभेद संरक्षण गरेको विषयमा जवाफ दिन सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा