देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी चार प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।
आज बिहान ५ः४५ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम ४।६ डिग्री सेल्सियस रहेको छ । दिउँसो अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियसका बिच रहने महाशाखाले जनाएको छ ।
बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण